---
Wednesday, July 8 2020, 07:47 | बुधबार २४, असार २०७७ ०७:४७
एकैदिन ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

बुधबार, १० असार २०७७| Radio Pradesh 7
एकैदिन ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

१० असार, काठमाडौं ।  थप ६२९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३ ३८ जना रहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १५१ जना संक्रमित थपिएका छन् ।यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०र१० जना छन् ।

यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९र९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५÷५ जना, बैतडी, दैलेखका ४÷४ जना, गोरखाका ३, पर्वत र धादिङका २र२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।


बुधबार १०, असार २०७७ ०६:३५ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस