---
Wednesday, July 8 2020, 06:35 | बुधबार २४, असार २०७७ ०६:३५
गोदावरी नगरपालिकाको पाँचौ नगरसभा : नगर उपप्रमुख रत्ना कडायत द्धारा निती तथा कार्यक्रम प्रस्तुत

बुधबार, १० असार २०७७| बिष्णु प्रशाद भट्ट
गोदावरी नगरपालिकाको पाँचौ नगरसभा : नगर उपप्रमुख रत्ना कडायत  द्धारा निती तथा कार्यक्रम प्रस्तुत

अत्तरिया २०७७ अशाढ १० गते बुधबार: गोदावरी नगरपालिकाको पाँचौ नगर नगरसभामा नगर उपप्रमुख रत्ना कडायतले आगामी आर्थिक बर्ष २०७७÷७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पतालको नाम परिवर्तन गरि गोदावरी नगर अस्पताल राखिने भएको छ। 

गोदावरी नगरपालिकाको पाँचौ नगनगरसभामा आगामी आर्थिक बर्ष २०७७÷७८ को निती कार्यक्रम प्रस्तुत गर्दै नगरउपप्रमुख रत्ना कडायतले कोरोना भाईरस र यस्ता माहामारीबाट बच्न अस्पताललाई नगर स्तरीय अस्पताल बनाउन नाम परिवर्तन लागेको बताईन् ।अहिले कोरोना भाईरसको संक्रमणलाई मद्यनजर गरी अस्पतालमा कोरोना उपचारका लागि विषेश कक्ष निर्माण गरिने उपप्रमुख कडाएतले बताउनुभयो ।


उहाले विदेशबाट फर्केर आई रोजगार गुमाएकाहरुलाई रोजगारको व्यवस्था गर्ने र कृषि क्षेत्रलाई आधुनिकिकरण गरिदै लगिने ,पशु जन्य उत्पानमा जोड दिने र प्रोत्साहन दिने उनले  बताईन्।माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यबसायिक शिक्षलाई जोड दिने,सामुदायिक विद्यालयहरुलाई दरबन्दि मिलान गर्ने निति लिइने र विद्यालयहरुलाई अनुदान दिने उनले बताउनु भयो । 

स्थानिय कच्चा पदार्थहरुको प्रयोग गरि  सिपमूलक तालिम दिइने  निति तथा कार्यत्रलम अवलम्बन गरिने  जनार्ईएको छ। यस्तै गोदावरी नगरपालिकाको पाँचौ नगरनगरसभामा आगामी आर्थिक बर्ष २०७७र७८ को निती कार्यक्रम प्रस्तुत गर्दै नगरउपप्रमुख रत्ना कडायतले सो कुरा बताएकी हुन ।कोरोना भाईरसको महामारीका कारण व्यवसाय आएको गिरावटलाई मद्यनजर गरी करमा छुट दिन लागिएको जनाईएको छ । गोदावरी नगरपालिकाको पाँचौ नगरअधिबेशन अहिले चलिरहेको छ ।

यस्तै गोदावरी नगरपालिकाको पाँचौ नगरनगरसभालाई काँग्रेसबाट निर्बाचित जनप्रतिनिधीले बहिष्कार गरेका छन् । आज भएको नगर अधिबेशनको उद्घाटन सकिन लाग्दा उनिहरु हलबाट बाहिरिएका छन् । नगरपालिकाको बजेट बाँडफाँड प्रति आफुहरुको असहमती रहेको,नगरपालिकाले वडामा जाने बजेट सिलिङ नबढाएको,नगरपालिकामा डल्लो बजेट राख्ने योजना बनाएको र सिलिङ बनाउँदा आफुहरु सँग सल्लाह नगरेकाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधीलेहरुले बहिष्कार गरेको जनाइएको छ ।नगरपलिकाका नगरप्रमुखले एकलौटी ढंगले बजेट छुट्याएको कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीको आरोप रहेको छ ।


बुधबार १०, असार २०७७ ०२:५७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस