---
Wednesday, July 8 2020, 07:49 | बुधबार २४, असार २०७७ ०७:४९
आफ्नो भूमि मेराे हाे भन्न नसक्नेहरुलाई सरकार केही गर्न सक्दैन भन्दैछन् : पूर्वमन्त्री बास्काेटा

बुधबार, १० असार २०७७| शेर बहादुर शाह
आफ्नो भूमि मेराे हाे भन्न नसक्नेहरुलाई सरकार केही गर्न सक्दैन भन्दैछन् : पूर्वमन्त्री बास्काेटा

अत्तरिया,२०७७ अशाढ १० गते बुधबार : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले विवादित अडियो बाहिर आएपछि राजिनामा दिएकोले अब दोषी भए कानूनी कारवाही भोग्न तयार भएको बताए । ७० करोड काण्डको स्वतन्त्र छानविनको लागि राजिनमा दिएकोले सम्बन्धित निकायलाई छानविन गर्न उनले आग्रह गरे । कोरोना नियन्त्रणको लागि सरकारले प्रभावकारी काम गरिरहेको नेता वास्काेटाकाे दाबी छ । कोरोना भाईरस महामारी नियन्त्रणको लागि ससांरका शक्तिशाली देशहरुपनि असफल नै रहेकोले नेपाल सरकारमात्रै असफल भयो भन्नु गलत भएको उनले बताए ।

कोरोना नियन्त्रणमा सरकारले प्रयाप्त तयारी गर्न नसकेको उनले स्वीकार गरे । सुदुरपश्चिम प्रदेशको राजधानीको प्रवेश द्वार अत्तरियामा सामुदायिक रेडियो प्रदेश सेभेनको बहुचर्चित कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह सगं कुराकानी गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बास्काेटाले स्वस्थ्य सामाग्री खरिदमा भएको अनियमितता बारे बोल्दै भ्रष्टाचार भयो भएन भन्ने कुरा फेसबुक लगायत सामाजिक सञ्जाल नभएकोले सम्बन्धित निकायलाई छानविन गर्न दिनु पर्ने स्पष्ट पारे ।

सामान खरिद गर्नु भन्दा पहिले नै भ्रष्टाचार नहुने बताउँदै उनले यदि खरिद भैसकेपछि अनियमितता भएको भए कारबाहि गर्नु पर्ने धारणा व्यक्त गरे । मेरो भूमि आफ्नो हो भन्न नसक्ने आफ्नो भूमि नक्सामा राख्न नसक्नेहरुले धेरै कुरा गरेर केही नहुने बताउँदै उनले नेपालको भूमि फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेकोले भारतले यस विषयमा छलफल र सम्वादको प्रक्रियाबाट सिमा विवादको अन्त्य गर्नु पर्ने कुरामा जाेड दिए । "अाफ्नाे भूमि मेराे हाे भन्न नसक्नेहरु सरकारले पहिलाे पटक अाफ्नाे भूमि समावेश गरि एेतिहासिक नक्सा सार्वजनिक गरिसक्दा पनि सरकार केही गर्न सक्दैन भन्दैछन् " पूर्वमन्त्री बास्काेटाले भने- "कतिपयले त्याे भन्दा अरु केही भन्न जानेकै छैनन् ।"

अरु देशहरुमा पनि विदेशी महिलासंग विवाह गरे निश्चित समयपछि मात्रै नागरिकता दिने प्रक्रिया भएकोले नेपालमा पनि अब निश्चित मापदण्ड बनाएर नै नागरिकता दिनु पर्नेमा नेता बास्काेटाले दृढता व्यक्त गरे । पासपोर्ट बनाउनलाई नागरिकता आवश्यक पर्ने भएकोले यसमा छलफल गरेर के गर्न सकिन्छ टुगाें लगाउनु पर्ने उनको भनाइ छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनको बारेमा बोल्दै उनले यो परियोजना देशको हितमा भएको दाबी गर्दै याे परियाेजना नेपालमा लागू हुनु पर्ने बताए ।

अमेरिकाले नेपालमा सेना लिएर राख्ने कुरा सम्झौतामा नभएकाले हल्लाको पछाडि नलागी सत्य तथ्य बुझी धारणा बनाउन नेता वास्काेटाले सबैमा आग्रह गरे


बुधबार १०, असार २०७७ ०२:४० मा प्रकाशित ।

प्रतिकृया दिनुहोस