---
Wednesday, July 8 2020, 06:21 | बुधबार २४, असार २०७७ ०६:२१
अनर्गल प्रचारको दुष्प्रयास गरियो:सुदूरपश्चिम फाउन्डेशन

शनिबार, ०६ असार २०७७| बिष्णु प्रशाद भट्ट
अनर्गल प्रचारको दुष्प्रयास गरियो:सुदूरपश्चिम फाउन्डेशन

अत्तरिया २०७७ असार ६ गते शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको घटनामा सुदूरपश्चिम फाउडेशनलाई जोडेर अनर्गल प्रचारको दुष्प्रयास गरिएकोमा सुदूरपश्चिम फाउडेशनको गम्भिर ध्यानाकर्षण भएको छ।भारतीय भूमिबाट स्वदेश फर्किनेक्रममा भोकभोकै,पानीसमेत नपाएर छट्पटिदै धनगढीको त्रिनगर सीमामा आइपुगेका सर्वसाधारणहरुले फाउण्डेशनले जोखिम उठाएर काम गरिरहेको सुदूरपश्चिम फाउडेशनका अध्यक्ष भरत शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

फाउण्डेशनको नाम जोडेर गर्न खोजिएका हल्लाहरु बद्नीयतपूर्वण,तत्यहीन, भ्रामक रहेको हाम्रो ठहर छ  विज्ञप्तिमा भनिएको छ । फाउण्डेशनका ४५ जना स्वम्सेवी युवाहरु (बायोमेडिकल इन्जिनियर समेत) आरडिटी परीक्षणका लागि सबै प्रकृया पुरा गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पुगेका थिए । ल्याबमा कार्यरत प्राविधिकहरुले आरडिटी  परीक्षणका लागि नमूना संकल (स्याम्पल कलेक्सन) विधि त्रुटीपूर्ण रहेको औल्याउँदा ल्याब प्रमुख दुर्गादत्त जोशीले फाउण्डेशनका स्वमसेवीमाथि दुब्र्यवहार गरेको जनाईएको छ ।

 आरडिटी परीक्षण विधि सम्बन्धि विश्व स्वास्थ्य संगठनको मापदण्ड, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ०७७ जेठ २६ गतेको पत्र र स्वयं अटोबायोकिट उत्पादक कम्पनीको निर्देशिकामा उल्लेख भएको नमूना संकलन विधि विपरीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूना संकलन भइरहेको प्रति अनुरोध गरेको सुदुरपश्चिम फाउन्डेशनले जनाएको  छ ।आरडिटी परीक्षणका लागि स्याम्पल कलेक्सनको गाइडलाइन अनुसार रगत संकलन गर्दा Venipuncture विधिद्धारा हुनुपर्ने र रगत संकलन गर्दा Fingerstick विधिबाट लिन नपाईने उल्लेख रहेकोमा सेती ल्यावका प्राविधिकहरुले  Fingerstick  विधिद्धारा गरिरहेकोमा सच्याउन अनुरोध गरेको फ।उन्डेशनको दावि छ ।

निमित्त इन्चार्ज जोशीले आफ्नो त्रुटी ढाकछोप गर्ने उद्धेश्यले बदनियतपूर्ण ढंगले गलत अफवाह फैलाउने दुष्प्रयास गरेकोले त्यसप्रति भ्रममा नपर्न हामी सम्वद्ध सबैमा अनुरोध गर्दछौ । अहिलेको विषम परिस्थिीतिमा कोभिड १९ विरुद्धको लडाईमा सबैको साझा प्रयत्नले मात्रै विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास राख्दै सबै क्षेत्रसँग सहकार्य गर्न फाउण्डेशन प्रतिवद्ध रहेको विज्ञप्ति मार्फत भनिएको छ ।

 


शनिबार ०६, असार २०७७ ०५:३६ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस