---
Wednesday, July 8 2020, 06:24 | बुधबार २४, असार २०७७ ०६:२४
सुर्यनगर युवा क्लबका युवाहरुद्वारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

मङ्गलबार, ०२ असार २०७७| Radio Pradesh 7
सुर्यनगर युवा क्लबका युवाहरुद्वारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

२०७७ असार १ सोमबार  कैलालीको टीकापुर अस्पताल र टीकापुर सिटिहलको आईसोलेसनमा राखेका कोरोना संक्रमतिहरुलाई टीकापुर स्थित सुर्यनगर युवा क्लबका युवाहरुले सोमबार स्वास्थ्य सामाग्री वितरण गरेका छन ।

क्लबका अध्यक्ष देब ओझा सहितको टोलीले कोरोना संक्रमीत टीकापुर अस्पतालमा रहेका ६ जना र  टीकापुर सिटीहलको आईसोलेसनमा रहेका ११ जनालाई सोमबार फलफुल,सेनिटाईजर र मास्क बितरण गरेका हुन ।

स्वास्थ्य सामाग्री वितरण गर्दै क्लबका उपाध्यक्ष उमेश नाथले स्वईच्छाले खाली समय खेर फाल्नु भन्दा कोरोना सँक्रमितहरुको हौसला बढाउनका लागि  रकम संकलन गरेर आफुले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने भन्ने उदेश्यका साथ युवाहरु एकजुट भएर लागेको बताए ।

२६ बर्ष  भन्दा तलका १२ जना युवाहरुले खालि समयलाई सदुपयोग गरि कोरोना सँक्रमितलाई हौसला दिनु पर्छ भन्ने उदेश्य तथा सन्देश दिन स्वास्थ्य सामाग्री वितरण गरेका हुन भने

आईतवार जनजोति आधारभुत बिद्यालय जोतिपुरको क्वारेनटाईनमा बसेका ७० जनालाई   २ क्विन्टल तरकारी,सेनिटाईजर हरेक कोठालाई,सौचालयको समस्या भएका लाई सौचालय निर्माणका लागि आवश्यक सामाग्री बितरण गरेको सल्लाहकार भण्डारीले बताईन ।


मङ्गलबार ०२, असार २०७७ ०९:११ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस