---
Wednesday, July 8 2020, 07:39 | बुधबार २४, असार २०७७ ०७:३९
भारतबाट आएका व्यक्ति ईमान्दारीपूर्वक क्वारेन्टाइन बस्दा समुदायमा संक्रमण फैलिएकाे छैन :सामाजिक विकास मन्त्री सुवेदी

शनिबार, ३१ जेठ २०७७| शेर बहादुर शाह
भारतबाट आएका व्यक्ति ईमान्दारीपूर्वक क्वारेन्टाइन बस्दा समुदायमा संक्रमण फैलिएकाे छैन :सामाजिक विकास मन्त्री सुवेदी

अत्तरिया २०७७ जेठ ३१ गते सनिबार:सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले काेराेना प्रभावित देश भारतबाट अाएका नागरिकमा परिक्षण गर्दा बढी संख्यामा संक्रमित भेटिएका बताए । सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग कुराकानी गर्दै मन्त्री सुवेदीलेभारतबाट दैनिक छ सात हजारको सङ्ख्यामा नेपालीहरु अाईरहेका भन्दै उनले जनशक्तिको अभाव, चेकजाच गर्न भौतिक दूरी कायम गर्न नसकिने अवस्था, क्वारेन्टिन स्थलको रुपमा प्रयोग गर्न प्रशस्त विद्यालयको कमीका कारण साेचेजस्ताे काम गर्न नसकिएको बताए ।

कोरोना परिक्षण गर्ने किट संघीय सरकारले उपलब्ध गराई जिल्ला जिल्लामा पठाउने गरेकाे तर कीटको अभावमा परिक्षण गरी पहिचान गर्न नसक्दा अन्य प्रदेशजस्तै सुदूरपश्चिममा पनि कोरोनाको महामारी वृद्धि भैरहेकाे सामाजिक विकास मन्त्री सुवेदीले बताए ।  उनले भारतबाट आएका नेपाली नागरिकहरुले ईमान्दारीता पूर्वक क्वारेन्टिनमा बसेर सहयोग गरिरहेकोले समुदाय स्तरमा कोरोना फैलिन नपाएको बताउँदै प्रदेश सरकारको तर्फबाट धन्यबाद समेत व्यक्त गरे ।

कोरोना नियन्त्रणको लागि सुदूरपश्चिम प्रदेश सरकारले असाध्यै राम्रो काम गरिरहेको दाबी गर्दै सरकारले अहिले सम्म ५६ हजार ५ सय ९९ जनाको आरडिटि परिक्षण गरेको र पिसियार परिक्षण पनि भैरहेकाले हल्लाको भरमा नपरी सत्य तत्थ्य बुझेर मात्रै धारणा बनाउन आम जनतालाई उनले आग्रह गरे। अब सुदुरपश्चिमका थप तीन ठाउँबाट पिसिअार प्रविधिबाट कोरोना परिक्षण गर्ने तयारी भैरहेकोले अब दैनिक १ हजार जनाको पिसिअार प्रविधिबाट कोरोना परिक्षण गरिने उनले बताए । नेपालको खरिद प्रक्रिया झन्झटिलो भएको, ४५ दिनको सूचना निकाल्नु पर्ने बाध्यता भएकोले मेसिन खरिदमा ढिलाई भएको उनको भनाई छ ।

१ हजार जनाको परिक्षण गर्ने अटोमेटिक मेसिन खरिदको लागि सघीय सरकारसगं आग्रह गरिरहेको र प्रदेश सरकारले लगानी गरेर भएपनि अटोमेटिक मेसिन खरिद गरिने बताउदै अब सुदुरपश्चिममा समयमै कोरोनाको परिक्षण हुने उनकाे दाबी छ ।

कोरोना नियन्त्रणमा राजनीति नगर्न सबैलाई आग्रह गर्दै सरकारले मात्र केहि गर्न सकेन भन्दा पनि आफूले आफ्नो तर्फबाट के गर्न सक्यौ ? भनेर एकपटक सोच्न उनले आग्रह गरे। कोरोनाको महामारीका बेला जनप्रतिनिधिको सेवा सुविधा बढेको नभई महामारी फैलिनु भन्दा पहिले नै सुविधा वृद्धि गर्ने निर्णय भएकोले यसलाई अन्यथा नलिन सबैमा उनको अनुरोध छ । सिमानाकाबाट उद्धार गर्ने क्रममा करिब १ लाख भन्दा बढी सुदूरपश्चिमबासीलाई नेपाल प्रवेश गराउनु पर्ने भएकोले कुनै निश्चित ठाउँमा क्वारेन्टिन बनाएर राख्न नसकिने भएकाले स्थानिय तहहरुमा पठाउनु परेको उनले बताए । हाल सुदूरपश्चिममा ६० हजार बढी नागरिक क्वारेन्टाइनमा बसीरहेका छन् ।

 


शनिबार ३१, जेठ २०७७ ०१:३७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस