---
Wednesday, July 8 2020, 07:41 | बुधबार २४, असार २०७७ ०७:४१
दिदिवहिनी महिला समुह यूकेको  अर्थिक सहयोगमा काँग्रेस  नेता डा. रावल  जुटे’ आफै सीमामा खाना खुवाउन

बिहिबार, २९ जेठ २०७७| बिष्णु प्रशाद भट्ट
दिदिवहिनी महिला समुह  यूकेको  अर्थिक सहयोगमा काँग्रेस  नेता डा. रावल  जुटे’ आफै सीमामा खाना खुवाउन


धनगढी २९ जेठ : सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको पहलमा एक हप्ता सम्म गौरीफन्टा नाकाबाट नेपाल भित्रिने नेपालीलाई खाना खुवाईने भएको छ । सिमानामा भारतबाट र्फकने नेपालीको उद्धारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सुस्त भएका वेला प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीयल दलका नेता रावलले आफै खानको व्यबस्थापनमा जुटेका हुन् ।

डा. रावलको आग्रहमा दिदिवहिनी महिला समुह यूकेले अर्थिक संकलन गरी एक लाख ३० हजार बराबरको खाद्यान्न सिमानामा निुशल्क खानाको व्यवस्था गरीरहेको रोयल कोलाबोरेटिभ्सका युवाहलाई हस्तान्तरण गरेको हो । उक्त समुहले कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई हप्ता दिन सम्म खाना खुवाउने भएको छ । 

पुर्वी कैलालीका क्वारेन्टाइनरु मा बसेका दिदिबहिनी र दाजुभाइहरुलाइ संक्रमणबाट बच्न ७० हजारको मास्क सहित जम्मा २ लाख दिदिबहिनी महिला समूह यूके बाट प्राप्त भएको थियो। सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले दिदिबहिनी महिला समूह युके लाई धेरै धेरै धन्यवाद दिदै आगामी दिनमा पनि  सहयोगको अपेक्ष गरेको बताए।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि डा. रावलले सीमामा निशुल्क खाना व्यवस्था गरेका हुन् । प्रदेश सरकार अहिले लाचार भएको अबस्थामा बिभिन्न दाताहरुलाई सहयोगबाट नेपालीलाई सहयोग गरेको डा। रावले बताए ।

दिदिवहिनी महिला समुह यूकेले पहिलो चरणमा १ लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा रण बहादुर रावलको पहलमा खाना खुवाईदै छ । डा. रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपालि नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोगमो निन्तर २४ घण्टा लकडाउन अवधिभर रोयल कोलाबोरेटिभ्सका युवाहरु लागी परेका छन् ।

डा. रावलले प्रदान गरेको खाद्यान्न सिमानामा आएका नेपालीहरुलाई गुणस्तरी भोजनको व्यबस्था गर्ने रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही गज्जुले जानकारी दिए ।


बिहिबार २९, जेठ २०७७ ०३:५१ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस