---
Wednesday, July 8 2020, 07:40 | बुधबार २४, असार २०७७ ०७:४०
कोरोना रोकथाममा युवा परिषदको रचनात्मक सहयोग : कार्यकारी उपाध्यक्ष ढुंगेल

बिहिबार, २२ जेठ २०७७| शेर बहादुर शाह
कोरोना रोकथाममा युवा परिषदको रचनात्मक सहयोग :  कार्यकारी उपाध्यक्ष ढुंगेल

अत्तरिया २०७७ जेठ २२ गते बिहिबार - नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा परिषद कोरोना नियन्त्रण तथा रोकथामका लागि रचनात्मक तरिकाले सहजीकरणका विभिन्न कार्यहरु गरी सहयोग गरिरहेको बताएका छन् । सुदुरपश्चिम प्रदेशको प्रबेशद्धार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग कुराकानी गर्दै उनले कोरोनाबाट समस्यामा रहेका व्यक्तिहरुको सहयोगको लागि तत्पर रहेको बताए । युवाहरुलाई स्वदेशमा नै राख्ने र युवाहरुको विचार र परामर्श सहित देशको हितका कार्यमा युवाहरुलाई अगाडी बढाउनको लागि राष्ट्रिय युवा परिषदको स्थापना गरिएको उनले जानकारी दिए । युवाहरुलाई लक्षित गरेर विभिन्न कार्यहरु समेत गर्ने गरेको बताउँदै उनले नेपालमै सम्भव छ भन्ने कुराको युवाहरुमा त्यो प्रकारको सोच ल्याउने कार्य भैरहेको  बताए । युवाहरुलाई देशमा प्रत्येक कार्यमा परिचालन गरी स्वरोजगाको बाटो तिर लागेको समेत उनले बताए । कोरोना महामारीका कारण बिदेशमा अलपत्र नागरिकको उद्धारका लागि पहल गरिरहेको र उक्त कार्यले सफलता समेत पाएको ढुंगेलको भनाइ छ ।

अहिले सरकारले बिदेशमा अलपत्र रहेका नागरिकको उद्धारको लागि तयार रहेको उनले जानकारी दिए । विश्व कोरोनाको महामारीसंग लडिरहेको अवस्थामा नेपालमा भने धेरै क्षति हुन नपाएको बताउँदै नेपालीले कोरोनालाई जित्नेमा विश्वास व्यक्त गरे । उनले यो संकटको समयमा सरकारको मात्र मुख नहेरेर सबैले आफ्नो स्तरबाट सहयोग गरिदिन आग्रह गरे ।
सिमा बिबादको बिषयमा बोल्दै अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका उनले नेपालको भूमि भारतले अतिक्रमण गरेको बताउँदै मिचिएको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिए । उनले सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरुले पनि सहयोग गरिरहेको बताउँदै भारतसंग कुटनीतिक पहलको माध्यमबाट अतिक्रमित जमिन फिर्ता ल्याउनुपर्नेमा जोड दिए । नेपालले विभिन्न विदेशी अनुदानहरु लिइरहेको बताउँदै उनले कुनै पनि दातृ निकायहरु कुनै स्वार्थ बिना नआउने बताए । उनले एमसीसी पनि एक दात्री सहयोग रहेको बताउदै उनले कुनै बुदाहरु नेपालको हित विपरीत हुन सक्ने बताए ।


बिहिबार २२, जेठ २०७७ ०३:१४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस