---
Wednesday, July 8 2020, 07:28 | बुधबार २४, असार २०७७ ०७:२८
अपाङ्गता क्षेत्रमा लामो समय देखि काम गर्दै आएको संस्थां परिलक्षित काठमान्डौ द्धारा गोदावरि नगरपालिका वडा नं ११र ८ मा राहात बितरण

बुधबार, २१ जेठ २०७७| शेर बहादुर शाह
अपाङ्गता क्षेत्रमा लामो समय देखि काम गर्दै आएको संस्थां परिलक्षित काठमान्डौ द्धारा गोदावरि नगरपालिका वडा नं ११र ८ मा राहात बितरण

अत्तरिया २०७७ जेष्ठ २१ बुधबार - अपाङ्गता क्षेत्रमा लामो समय देखि काम गर्दै आएको सस्थां परिलक्षित काठमान्डौ द्धारा गोदावरि नगरपालिका वडा नं ११ र ४ मा राहात बितरण   गरिएको छ । गोदावरी नगरपालिका मा रहेका ३४ जना अति अशक्त र पुर्ण अशक्त भएका व्यक्तिहरुलाई प्रति ब्यक्ति २५ किलो मसिनो चामल,२ किलो दाल,२ किलो चिनि,२ किलो नुन,२ लिटर तेल ,४ ओटा सावुन र १ ओटा कोल्केट गरी ३४ सेटको खाध्यान्न राहत प्याकेज बुधबार वितरण गरिएको अपाङ्ग महासघंका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउदँले जानकारी दिए।

गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिहं साउदँ र उप प्रमुख रत्ना कडायतलाई एक अनौपचारिक कार्यक्रम मार्फत हस्तान्तरण राहात सामाग्री सम्बन्धित वडा का वडा अध्यक्षको रहोवरमा स्थानीय तह मा बाड्ने तयारी भएको परिलक्षित संस्थाका कैलाली शाखाका संयोजक पुष्पा रोकायाले जानकारी दिए।

अपाङ्ग महासघंका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउदले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस बिषम परिस्थितिमा आर्थिक सहयोग गर्ने निकाय परि लक्षित , हाम्रो काम प्रति सहानुभूति गर्दै आउनु भयका गोदावरि नगरपालिकाका नगरप्रमुख हरि सिंह साँउद र उप-प्रमुख रत्ना कडायत  लगायत समन्वयको अहेम भुमिका निर्वाह गर्नु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिदै  आगामि दिनमा पनि अपांगता भयका हरुका पक्षमा यसतै कार्य गरी अगाडि बढ्ने बताए । पूर्व केन्द्रिय सदस्य साउदले स्थानीय सरकार र सहयोगी दाताहरु संग यस्तै समन्वय सहकार्य गर्ने पुर्ण आशा र विश्वास ब्यतm गरे। 


बुधबार २१, जेठ २०७७ ०१:४१ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस