---
Wednesday, July 8 2020, 07:34 | बुधबार २४, असार २०७७ ०७:३४
भारतबाट आउनेको व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण तीब्र : डा .खेम कार्की

आइतबार, १८ जेठ २०७७| शेर बहादुर शाह
भारतबाट आउनेको व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण तीब्र : डा .खेम कार्की

अत्तरिया २०७७जेठ १८ गते आईतबार - स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका सल्लाहकार डा। खेम कार्कीले भारतबाट फर्कने नागरिकहरु संक्रमित भएका कारण पछिल्लो समय नेपालमा पनि संक्रमणको संख्या बढेको बताएका छन्। सुदुरपश्चिम प्रदेशको प्रबेशद्धार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग  कुराकानी गर्दै उनले कोरोना नियन्त्रणको लागि राम्रो व्यवस्थापन गर्न नसक्नुले पनि संक्रमण बढ्दै गएको बताए । उनले लकडाउन गरे पनि अन्य देशका नागरिक आउन बन्द गरेपनि  भारतबाट आउनेहरुको संख्या नरोकिएको कारण नै संक्रमण दर बढ्दै गएको बताए । संक्रमण नियन्त्रणको लागि सरकारले केही गरेन भन्ने कुरा गलत रहेको उनले  बताए । 

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय र सरकारको तवरबाट कोरोना नियन्त्रणको लागि हदै सम्मको कार्य गरेको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरमै स्वास्थ्य सामग्रीको अभाव रहेकाले नेपाल सरकारले वितरणमा अभाव हुन नदिएको बताए ।  केही मात्रामा रहेको अभावको न्यूनीकरणका लागि पनि उनले सरकारलाइ खरिदको लागि पटक पटक आग्रह गरेको स्थानीय तहसम्मलाइ पनि खरिदको लागि आग्रह गरेको बताए । उनले सरकारको मात्र भर नपरेर सबैले आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताए । उनले अब कोरोनालाइ रुघा खोकीको रुपमा लिनुपर्ने बताउदै मानब समुदायमा यो भाइरस संगसंगै बढ्ने बताए । यो स्वास्थ्य क्षेत्रले मात्र नभइ सम्बद्ध सम्पूर्ण निकायले मिलेर सहयोग गर्नुपर्ने बताए । 

उनले नेपालमा बढी जस्तो कोरोना संक्रमणको लक्षण नदेखिने गरेको बताइए पनि सबैलाइ केही न केही समस्या भने देखिने गरेको बताए । उनले कतिपय निती तथा कार्यक्रमहरु लहरको बेगमा बनाउने भएका कारण पनि परीक्षण राम्रो नभएको भन्ने गरिएकोमा त्यस्तो नभएको बताए । उनले आमाबाट बच्चामा नसरेको भन्ने नभइ  दुधबाट संक्रमण नभएको बताए । उनले कोरोना महामारीको कारण अन्य बिरामीहरु भने चेकजाँचबाट पछि नपरुन भनेर विभिन्न कार्यहरु भैरहेको बताए । साथै उनले लकडाउनलाइ समेत अब केहि मात्रामा खुकुलो गर्दै जानुपर्ने बताए । साथै उनले कारोना महामारीको लहर रहेकाले सबैले आफ्नो स्तरबाट सहयोग गरी एकदमै सुरक्षित रहनुपर्नेमा जोड दिए ।
 


आइतबार १८, जेठ २०७७ ०१:४४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस