---
Wednesday, July 8 2020, 07:26 | बुधबार २४, असार २०७७ ०७:२६
सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमित थपिए

आइतबार, ११ जेठ २०७७| Radio Pradesh 7
सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमित थपिए

आइतबार , ११ जेठ । सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत अछामको मेल्लेख गाउँपालिका ४ का ३२ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनी बिहिबार भारतबाट गौरिफंटा नाका भएर नेपाल प्रवेश गरेका थिए । सिमामै गरिएर्को यापिड टेष्टमा पोजिटिभ देखिएपछि उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

बिहिबार र शुक्रबार ९ जनामा कोरोना पुष्टि भएकोमा आज थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको हो । यसाघि कोरोना संक्रमित पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका १ का २७ र २० बर्षीय तथा वडा नम्वर २ का २२ र ३० बर्षीय पुरुष रहेका छन ।

शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।


आइतबार ११, जेठ २०७७ ०५:११ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस