---
Wednesday, July 8 2020, 05:57 | बुधबार २४, असार २०७७ ०५:५७
नयाँ नक्सा सार्वजनिक गर्नु सरकारको स्वागतयोग्य काम : कांग्रेस नेता बस्नेत

आइतबार, ११ जेठ २०७७| शेर बहादुर शाह
नयाँ नक्सा सार्वजनिक गर्नु सरकारको स्वागतयोग्य काम  : कांग्रेस नेता बस्नेत

अत्तरिया २०७७ जेष्ठ ११ गते आईतबार- नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकारले देशको नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य कार्य  रहेको बताएका छन्  । सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरियामा रहेको सामुदायिक  रेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग उनले नक्सा सार्वजनिक गरेकोप्रति सरकारलाई धन्यवाद दिँदै नक्सा सार्वजनिक गरे अनुसार आफ्नो भुभाग पनि फिर्ता लिन सक्नुपर्ने बताए । उनले सरकारले कुटनैतिक पहलबाट सिमा बिबादको समाधान गर्नुपर्ने बताए । सिमा बिबाद तथा राष्ट्रियताको बिषयमा सबै राजनितीक दलहरुले समर्थन जनाएको बताउदै उनले बाँकी रहेका राजनीतिक दलहरुलाइ पनि एकजुट भएर लाग्नुपर्ने बताए । उनले अहिले अन्य कुरा भन्दा पनि सिमा बिबाद समाधान तथा देशको स्वाधीनताका लागि एक भएर लाग्नुपर्ने बताए ।

सरकारले सार्वजनिक गरेको नक्सालाइ लिएर सबै दलले एकढिक्का भएर लाग्नुपर्ने पूर्व मन्त्री समेत रहनु भएका नेता बस्नेतले बताए । उनले सिमा बिबादलाइ सिधै अन्तर्रा्ष्ट्रियकरण गर्नु भन्दा पनि पहिले भारतसंग कुटनीतिक तवरबाट वार्ता गर्नुपर्ने बताए ।  नेपाली काँग्रेसले सिमा बिबादको बिषयमा सधैँ बोलिहेको बताउदै उनले सरकारको नेतृत्व गर्ने व्यक्तिले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए । नेता बस्नेतले कोरोना नियन्त्रण अझै बाहिर नगएको बताउदै उनले कोरोना नियन्त्रणमा सरकारले गरेका सुरुदेखिका कार्यहरु उपलब्धिपुर्ण नरहेको बताए । उनले कोरोना परिक्षणको दायरा समेत एकदमै सुस्त रहेको बताए ।

उनले कोरोना नियन्त्रणमा सरकाले जुन किसिमको सावधानी र पूर्वतयारी गर्नुपर्ने हो, त्यो प्रकारको सावधानी अपनाउन नसकेको बताए। सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गरीरहेको बताए पनि त्यस्तो कार्य गर्न नसकेको आरोप लगाएका छन्  । उनले यो महामारीको समयमा फ्रन्ट लाइनमा भएर काम गर्ने स्वास्थ्य क्षेत्र, सुरक्षा क्षेत्रका साथै मिडिया क्षेत्रका व्यक्तिहरुको लागि बिमाको समेत व्यवस्था गरिदिन उनले सरकारलाइ आग्रह गरे । उनले पछिल्लो समय देशमा कोरोनाको संक्रमण बढ्दै जानुको कारण सरकारको फितलो ब्यबस्थापन रहेको औँल्याए ।

सरकारले भारतबाट भित्रिएका नागरिकको राम्रो ब्यबस्थापन गर्न नसकेका कारण नै कोरोनाको संक्रमण बढ्दै गएको बताए। उनले कोरोना नियन्त्रणमा अझ पनि समय रहेको बताउदै विशेष  कार्ययोजना बनाएर अघि बढ्न सरकारलाई आग्रह गरे । उनले भारत तथा तेस्रो मुलुकमा अलपत्र रहेका नागरीकको उद्धारको लागि बोलेर मात्र नहुने बताउँदै सबैको तथ्यांक संकलन गरेर छिटो उद्धारको लागि पहल चाल्नुपर्ने बताए । सरकारले हाल ल्याएको नीति तथा कार्यक्रमको बारेमा बोल्दै उनले गएको वर्षको निती तथा कार्यक्रम र यस वर्षको नीति तथा कार्यक्रममा धैरै भिन्नता नरहेको तर्क राखे ।

स्वास्थ्य र कृषिमा सरकारले लक्षित गरेको भएपनि देशको स्वास्थ्य र कृषि क्षेत्रको अहिलेको अवस्था हेर्दा सन्तोषजनक नरहेको बताए । साथै उनले कोरोनाको माहामारीबाट आफु पनि बच्न र अरुलाइ पनि बचाउन सबैसंग आग्रह गर्दै जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रबाट सक्दो धेरै कार्य गर्न आग्रह गरेका छन् ।


आइतबार ११, जेठ २०७७ ०४:३३ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस