---
Wednesday, July 8 2020, 07:03 | बुधबार २४, असार २०७७ ०७:०३
नेपालमा एकैदिन ६२ जनामा कोरोना पुष्टि, संक्रमतिको सङख्या ३५७ पुग्यो

सोमबार, ०५ जेठ २०७७| Radio Pradesh 7
नेपालमा एकैदिन ६२ जनामा कोरोना पुष्टि, संक्रमतिको सङख्या ३५७ पुग्यो

सोमबार, ५ जेठ । नेपालमा आज मात्रै ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज मात्रै विहान नौँ जना र दिउसो ५३ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा संक्रमतिको सङख्या ३ सय ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार बाँकेका ४६ पुरुष र एक महिला गरी ४७ जना, विराटनगरमा भएको परीक्षणमा मोरङका एक जना, भैरहवामा भएको परीक्षणमा गुल्मीका एक जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

यसअघि आज विहान रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । 


सोमबार ०५, जेठ २०७७ ०५:२१ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस