---
Wednesday, July 8 2020, 05:52 | बुधबार २४, असार २०७७ ०५:५२
जेठ २० गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय

आइतबार, ०४ जेठ २०७७| Radio Pradesh 7
जेठ २० गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय

आइतबार,४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २० गतेसम्म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो । वैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ ।

वैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनु पर्ने बारे छलफल भएको थियो । कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने कूल कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।


आइतबार ०४, जेठ २०७७ ०९:३८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस