---
Wednesday, July 8 2020, 07:08 | बुधबार २४, असार २०७७ ०७:०८
थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

आइतबार, ०४ जेठ २०७७| Radio Pradesh 7
थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

आईतबार,४ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।  राजपुर नगरपालिका फरदहवा(९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ सक्रमित भेटिएका हुन्।

रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना संक्रमित संख्या २९१ जना पुगेको छ ।  फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी गराएको छ ।


 


आइतबार ०४, जेठ २०७७ ०८:२९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस