---
Wednesday, July 8 2020, 07:11 | बुधबार २४, असार २०७७ ०७:११
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

शनिबार, ०३ जेठ २०७७| Radio Pradesh 7
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

शनिबार, ३ जेठ। नेपालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको हो । केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।

स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको थियो । थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाइएको छ ।


शनिबार ०३, जेठ २०७७ ०४:०९ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस